साँकेतिक तस्बिर
गोरखा । गोरखा सौरपानीका १ जना युवकलाई गाँजा सहित प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीका २२ बर्षिय मदन नेपाली भएको कास्की प्रहरीले पुष्टी गरेको हो ।
पक्राउ परेका नेपालीबाट प्रहरीले १० केजी गाँजा समेत बरामद गरेको छ । धादिङबाट पोखरा तर्फ जादै गरेको ग. १ च ५१३२ नम्बरको कारलाई ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीको टोलीले चेक जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा सहित नेपालीलाई नियन्त्रणमा लिएको हो ।
नेपालीलाई प्रहरीले शनिरबार पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ । नेपाली उक्त सवारीका चालक भएको पनि प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका नेपालीको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।




















