गोरखा । गोरखामा श्रृखलाबद्व रुपमा मोटरसाईकल चोरी आरोपमा पक्राउ परेका मध्ये २ जना कारागार चलान भएका छने भने २ जना नाबालकलाई सुधार गृह पठाईएको छ । चोरी आरोपमा गोरखा अदालतले पुर्पक्षका लागि आरुघाट गाउँपालिका–३ थुमीका २६ बर्षका सुकबहादुर गुरुङ र उत्तम भन्ने सोमबहादुर गुरुङलाई गोरखा कारागार चलान गरेको हो ।
चोरी आरोपमा पक्राउ परेका २ जना नाबालकलाई भने अदालतले पोखरा स्थित बाल सुधारगृह साराङकोट पठाएको छ । उनी सबैलाई अदालतले चैत्र २२ गते बिहीबार पुर्पक्षकालागि कारागार र सुधार गृह पठाएको हो ।
पक्राउ परेका अन्य भने धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार गोरखा र धादिङ जिल्लामा गरी ९ थान पल्सर मोटरसाईकल चोरी गरेको आरोप लागेको थियो ।
गोरखा प्रहरीले ‘अप्रेशन ब्राभो’ मार्फत फागुन १६ गते बारपाक सुलिकोट गाउँपालिका–७ देउराली स्थितबाट लक्ष्मण गुरुङको प्रदेश ३–०२(००१ प। ४६०१ नंम्बरको २२० सिसिको पल्सर मोटरसाईकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा फागुन २७ गते गोरखाका बर्ष १७ को कानूनको विवादमा परेको बालक नाम परिवर्तित ‘ड कुमार’, आरुघाट गाउँपालिका–३ निबोट बस्ने बर्ष २६ को सुकबहादुर गुरुङ, आरुघाट गाउँपालिका–६ कल्लेरी बस्ने बर्ष ३१ को रामकुमार श्रेष्ठ, आरुघाट गाउँपालिका–४ थुमी बराम गाउँ बस्ने बर्ष २८ को रोनिस भन्ने पदमबहादुर बराम र जिल्ला बारा, गढीमाई नगरपालिका–११ घर भई आरुघाट गाउँपालिका–३ आर्खेत स्थित वि आर बर्दश नाम गरेको वर्कशपमा काम गर्ने बर्ष २४ को श्री शंकर शाह सोनार गरी ५ जना लाई पक्राउ गरेको थियो ।
पक्राउ परेका बिरुद्व प्रहरीले फागुन २९ गते चोरी कसूर शीर्षकमा मुद्दा दर्ता गरेको थियो । मोटरसाईकल चोरी घटनाको थप अनुसन्धान गर्ने क्रममा समुहमा मोटरसाईकल चोरी गरी बिक्री गर्ने र आफूले समेत प्रयोग गर्ने गरेको पाइएको सूचना अधिकारी श्रेष्ठले बताए ।
पक्राउ परेकाहरुले योजनाबद्ध ढंगले गोरखा र धादिङ जिल्लाको विभिन्न स्थानबाट विभिन्न मितिमा २२० सिसिको पल्सर मोटरसाईकलहरु ना. ४९ प ९४१३, बा ०८२ प ६५६७, बाग्मती प्रदेश ०२–०२५ प ०९८३, प्रदेश ३–०२–००३ प ४६६, बा. ६३ प ३४२२, बा. ६३ प ४६९६ र बाग्मती प्रदेश ०२–०२० प ९१७९ नंम्रको एनएस पल्सर मोटरसाईकल गरी थप ७ वटा चोरी भएको मोटरसाईकल र चोरी भएको बाग्मीत प्रदेश ०२–०२१ प ९९५५ नंम्बरको मोटरसाईकलको च्यासिसको भाग, ईन्जिनको भाग र उक्त मोटरसाईकलको नम्बर प्लेट बरामद भएको थियो ।्
अनुसन्धानकै क्रममा मोटरसाईकल चोरीमा संलग्न रहेका ‘ढ कुमार (नाम परिबर्तन), आरुघाट गाउँपालिका–३ बस्ने बर्ष २० को उत्तम भन्ने सोमबहादुर गुरुङ, बर्ष १९ को देउवा भन्ने देवबहादुर गुरुङ, आरुघाट गाउँपालिका–२ बस्ने बर्ष २४ को अन्जन घले, आरुघाट गाउँपालिका–३ बस्ने बर्ष ३१ को टेकबहादुर आले र बर्ष १९ को कमल आले मगर गरी थप ६ जनालाई फागुन ३० गते गोरखा प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरी मोटरसाईकल चोरीकै आरोपमा आरुघाट गाउँपालिका–३ भलाक बस्ने बर्ष २७ को सुपारे भन्ने उज्वल बराम चैत्र १ गते पक्राउ गरेको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । चोरी आरोपमा कुल १२ जनालाई पक्राउ गरी निजहरु विरुद्ध चोरी कसूर शीर्षकमा मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय गोरखा मार्फत राय सहित चैत्र २२ गते अदालत पेश हुँदा अदालतले नाबालक देखिएका २ जनालाई सुधान गृह र २ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
चोरी आरोपमा नै पक्राउ परेका देउवा भन्ने देवबहादुर गुरुङ, सुपारे भन्ने उज्वल बराम, यासिन मिया, श्रीशंकर शाह, रामकुमार श्रेष्ठ, अन्जन घले, टेकबहादुर आले र कमल आले मगरलाई भने अदालतले धरौटी लिएर तारेखमा छाडेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।


