गोरखा । गोरखा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमूल्य धातु ‘क्वार्ज क्रिष्टल’ ले गोरखाको पर्यटन प्रर्वधनमा नयाँ इट्टा थपिएको बताए । गोरखा नगरपालिकाको आयोजनामा आज गोरखा दरबार परिषरमा आयोजित क्वार्ज क्रिष्टल प्रतिस्थापन कार्यक्रममा बोल्दै उनले गोरखा आफैमा एउटा ऐतिहासिक र पुरातात्विक महत्व बोकेको जिल्ला त्यस माथी पनि बहुमूल्य क्वार्ज क्रिष्टलको प्रतिस्थापनले यहाँको पर्यटन प्रवद्र्धनमा इट्टा थपिएको बताए ।
‘क्वार्ज क्रिष्टल प्रतिस्थापनले यसको महत्व र भूमिकालाई अझ व्यापक रुपमा स्थापित गर्छ भन्ने मेरो विश्वास छ, प्रधानमन्त्री दाहालले भने, ‘‘यसबाट गोरखाको पर्यटन विकासमा पनि थप गुणात्मक भूमिका खेल्नेछ ।’’ उनले क्वार्ज क्रिष्टलको गम्भीरतापूर्वक सुरक्षा व्यवस्था मिलाउन र ऐतिहासिक स्थललाई थप व्यवस्थित बनाउन सम्बन्धित सवैलाई निर्देशन दिए ।
प्रधानमन्त्री प्रचण्डले तत्कालिन राजा पृथ्वीनारायण शाहको गद्दी कक्षमा क्वार्ज क्रिष्टल प्रतिस्थापन अघि दरबार परिषरमा उक्त क्रिष्टलमा शिला पूजा समेत गरिएका थिए । ‘‘ऐतिहासिक तथा पुरातात्विक महत्वको गोरखा दरबारमा बहुमूल्य धातु क्वार्ज क्रिष्टलको प्रतिस्थापन गर्दै गर्दा मैले गणतन्त्र नेपालको घोषणासंगै पहिलो पटक दरबार परिषरमा आएर यहाँको अवलोकन गर्ने मौका मिलेको थियो, उनले भने, ‘‘फेरी अर्को ऐेतिहासिक सन्दर्भमा दरबारमा आएर बहुमूल्य क्रिष्टल प्रतिस्थापन गर्ने अवसरमा पाएकोमा खुशी छु ।’’
उनले गोरखाको ऐतिहासिकतालाई सम्र्बधन गर्न आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरे । ‘‘गोरखा जिल्लाका जनताले केही ऐतिहासिक विकास कार्य शुभारम्भ होस् भन्ने चाहेका छन्, चाहे त्यो बूढीगण्डकी जलविद्युत आयोजनाको बिषय होस्, चाहे गोरखाकाली रबर उद्योग होस्, चाहे कृषि पार्क निर्माणको कुरा होस्, प्रधानमन्त्री दाहालले भने, ‘‘यि लगायतका बाटोघाटो निर्माण तथा अन्य भौतिक पूर्वाधार विकासमा पनि मेरो ध्यान छ ।’’
गत आर्थिक बर्षमा नीति कार्यक्रम र बजेट निर्माण बनाउने समयमा अर्कै राजनीतिक सन्दर्भमा रहेको सहज स्थित नरहेको भएपनि अहिले बजेट निर्माणमा आफैले कमाण्ड गरीरहेकाले आगामी आर्थिक बर्षमा नयाँ र जनतालाई उत्साहित पार्ने खालको बजेट ल्याउने र त्यसले गोरखालाई फाइदा पुग्ने बताए ।


