जिल्ला प्रहरी कार्यालय गाेरखाकाे सुरक्षामा रहेकाे ‘क्वार्ज क्रिष्टल’ बाजाजागा र झाँकी सहित गाेरखा दरर्बार लगिदै
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा आउदै छन् । गोरखा दरर्बारमा ‘क्वार्ज क्रिष्टल’ स्थापनाका लागि उनी गोरखा आउन लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टर मार्फत ११ बजे राजधानी काठमाडौंबाट गोरखाका लागि प्रस्थान गर्ने गोरखा दरर्बारमा ११ः३० बजे ‘क्वार्ज क्रिष्टल’ स्थापना गर्ने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री प्रचण्ड गोरखा बजारको रानीपोखरी क्षेत्रमा रहेको सेनाको हेलीप्याडबाट गोरखा दरर्बारसम्म गाडीमा जाने र दरर्बारमा ‘क्वार्ज क्रिष्टल’ स्थापना गर्ने कार्यक्रम रहेको छ ।
बहुचर्चित क्वार्ज क्रिष्टल गोरखा दरबार भित्रको तात्कालिन राजा पृथ्वीनारायण शाहको राज गद्दी भएको ठाउँमा प्रतिस्थापना गर्न लागिएको हो ।
गत असार १४ गते गोरखा नगरपालिका–७ सतिपिपलका राममाया शाहीको घरबाट क्वार्ज क्रिष्टल बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखाको एउटा कोठामा राखिएको थियो ।
सोही क्रिष्टल स्थापनाको लागि बाजाजागा सहित जिल्ला प्रहरी कार्यालय गोरखाबाट दरर्बार लगिएको छ । प्रधानमन्त्री प्रचण्ड गोरखा आउने भए पछी आज बिहानैदेखी सुरक्षा ब्यवस्था कडा पारीएको छ ।
सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् । उक्त पत्थरकाे तौल ५२ किलो ३ सय ३० ग्राम रहेको छ ।


