गोरखा । गोरखा बजारको पेट्रोलपम्प एरियामा दिउसै घरभित्र पसी गहना र नगद चोरी गर्ने १ जना भारतीय नागरिकलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत इस्लामपुर–८ रक्सौल पूर्वी चम्पारण बिहार घर भई हाल गोरखा नगरपालिका–८ सिमलगैरी बस्ने बर्ष ३२ को मोहम्मद जफर भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार उनी सहित २ जना भएर चैत्र २१ गते बुधबार गोरखा नगरपालिका–८ को पेट्रोलपम्प एरियामा रहेको रामकुमारी भट्टका घरमा बिहान १० बजे कोठा फोरेर सुन र नगद चोरी गरेका थिए ।
उक्त समूहले भट्टको घरबाट सुनको सादा रिङ १ थान, सुनको हार १ थान, सुनको झुम्का १ थान, सुनको चुरा १ थान, १ जोर झुम्का, सुनको सिक्री १ थान, सुनको टप १ थान र नगद १० हजार तथा मोबाईल चोरी गरेको जाहेरी पिडितले प्रहरीमा दिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
घटना लगत्तै प्रहरीले मोहम्मद जफरलाई नियन्त्रणमा लिन सफल भएता पनि अर्का ब्यत्ती भने फरार हुन भएको प्रहरीले जनाएको छ । फरार ब्यत्तीको ब्यापक रुपमा खोजी भईरको पनि प्रहरीले जानकारी दिएको छ ।
जफरबाट चोरी भएको भनिएको मोबाइल बरामद भएता पनि नगद र गहना भने बरामद नभएको सूचना अधिकारी श्रेष्ठले बताए । पक्राउ परेका जफरलाई नकवजनी चोरी कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट म्याद थप गरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालेको पनि प्रहरीले जनाएको छ ।


