गोरखा । बैदेशिक रोजगारीकालागि मेलेशिया पुगेका गोरखाका गंगा लामा सम्पर्क विहीन भएका छन् । पालुङटार नगरपालिका–१ खोप्लाङका लामा परिवार र साथीसंगी संग सम्पर्क विहीन भएका हुन् ।
मंसिर १२ गते मंगलबार नेपालबाट मलेशियाकालागि उडेका लामा कहाँ छ्न्, के गरीरहेका छन् अत्तोपत्तो नभएको उनका श्रीमती कुमारी लामाले बताईन ।
रोजगारीमा गएदेखी आजसम्म पनि श्रीमानले सम्पर्क नगरेको भन्दै उनले खोजी कार्यकालागि दुताबासमा समेत निवेदन बुझाएको बताईन ।
वडाध्य कृण्णबहादुर परियारका अनुसार श्रीमती कुमारी लामाले श्रीमानको खोजीकोलागि पहल गरिदिन अनुरोध गरे लगत्तै गएको सोमबार खोजतलासकालागि दुवातासलाई पत्राचार गर्ने काम भएको बताए ।
नेपाली राहदानी नम्बर ०९५०३२१७ रहेका उनी Sovereing Maritimeservice (M) SDN.BHD कम्पनीको सुरक्षाकर्मीको रुपमा रोजगारीकालागि मलेशिया गएको पनि श्रीमती कुमारी लामाले जानकारी दिईन । कुमारीले श्रीमान फेला परे वा कुनै अवस्थामा देखिए सम्बन्धित निकाय वा मोबाईल नम्बर ९८१६६५१६९३ मा खबर गरिदिन अपिल गरेकी छिन् ।



