साँकेतिक तस्बिर
मुग्लिन । ४ दिनदेखी बेपत्ता भएका गोरखाका विवश रोकाको मृत शरिर त्रिशुली नदी किनारमा फेला परेको छ । राजधानीको पशुपतीमा आफ्नै बुवाको दाहसंस्कार गरेर फर्किएका रोका चढेको ट्याक्सी गएको शनिबार मुग्लिन नजिकै सडकबाट त्रिशुली नदीमा खसेको थियो । ट्याक्सी खस्दा रोकाका बेपत्ता भएका थिए भने अन्य ५ जनाको घटना स्थलमा नै ज्यान गएको थियो ।
शनिबार बिहानै रोका चढेको बा २ ज ४१९६ नंबरको ट्याक्सी मुग्लिन नजिकैको सिमलधाराबाट त्रिशुली नदीमा खस्दा गोरखा नगरपालिका–७ पौवाखेतका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीय अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी र ट्याक्सी चालक गोरखाका अन्दाजी ३५ वर्षीय अर्जुन शिर्मल मृत्यु भएको थियाे ।
विवशको शव कालीखोलास्थित त्रिशुली किनारमा फेला परेको ईलका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । शव सनाखत भईसकेकोले गोरखातर्फ पठाइएको पनि प्रहरीले जनाएको छ ।
विवशको गोरखा अस्पतालमा पोस्टमार्टम पछी शव उनका आफन्तलाई हस्तान्तरण गरिने जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।



