गोरखा । गोरखा प्रहरीले चोरी तथा हराएका १९ थान मोबाईल बरामद गरेर सम्बन्धित धनीलाई बुझाएको छ ।
मोबाईल धनीले हराएको वा चोरी भएको भनी प्रहरीमा परेका निवेदन मघ्ये १९ थान मोबाईल बरामद भए लगत्तै सम्बन्धित धनीलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार चैत्र २० गते मंगलबार प्रहरीले विभिन्न माघ्यमबाट प्राप्त गरेको मोबाईल सम्बन्धित धनीलाई प्रहरी कार्यालय भित्रै कार्यक्रम राखेर हस्तान्तरण गरिएको सूचना अधिकारी श्रेष्ठले बताए ।
प्राप्त मोबाईल गोरखा जिल्ला लगायत बझाङ, काठमाडौं, चितवन, कास्की, रुपन्देही तथा रौतहट लगायतका जिल्लाहरूका अन्य व्यक्तिहरुले चलाईरहेको अवस्थामा फेला परेको हो ।
प्रहरी सम्बन्धित धनीलाई बुझाएको १९ थान सामसुङ, रेडमी, ओप्पो, भिभो, रियल्मी, आईटेल, जिवनी र ईन्फीनिक्स लगायत विभिन्न कम्पनीका मोवाईलहरु भएको प्रहरीले जानकारी दिएको छ ।



