गोरखा । संम्भव नेपाल नामक गैर सरकारी संस्थाले गोरखाको पालुङटार नगरपालिकालाई १ थान एम्बुलेन्स उपलब्ध गराएको छ । आजै एक कार्यक्रम पालिकालाई उक्त संख्थाले एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
‘हिमालयन एम्बुलेन्स परियोजना दोस्रो चरण’ कार्यक्रम अन्तरर्गत सम्भब नेपालले पालुङटार नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको सम्भव नेपालका उत्तम अधिकारीले जानकारी बताए । उक्त एम्बुलेन्स आज एक कार्यक्रम नगर प्रमुख विवस चिन्तनलाई एम्बुलेन्सको साँचो सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।
सम्भव नेपालले जिल्लाको विभिन्न पालिकालाई यस अघि पौष २० गते एम्बुलेन्स हस्तान्तरण गरेको भएता पनि प्राविधिक कारणले पालुङटार नगरपालिकाको नाममा रहेको एम्बुलेन्स भने हस्तान्तरण हुन पाएको थिएन ।
हस्तान्तरण कार्यक्रममा पालिका उपप्रमुख बन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, नगर शिक्षा अधिकारी पुर्णबहादुर नेपाली, वडा ३, ४ र ५ का वडा अध्यक्ष क्रमशं रबिन्द्र अधिकारी, मानबहादुर पौडेल र दिपक पाण्डे तथा पालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संम्भव नेपालबाट प्राप्त एम्बुलेन्सले पालुङटार नगरपालिकाका नगरवासीलाई सेवा दिने पालिका प्रमुख विवश चिन्तनले बताए ।


