गोरखा । गोरखाका पत्रकार भीमलाल श्रेष्ठले निर्देशन गरेको मकैको विवाह नामक डकुमेन्ट्री फिल्मले यसबर्षको बेस्ट नेशनल डकुमेन्ट्री फिल्म एवार्ड जितेको छ ।
प्रतिस्पर्धाका लागि छनौट भएका ३७ देशका ९९ डकुमेन्ट्री फिल्महरुमध्य मकैको विवाहले उत्कृष्ट डकुमेन्ट्री फिल्म एवार्ड जित्न सफल भएको हो ।
काठमाडौंमा आयोजित ५औं नेपाल अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा कार्यक्रमका प्रमुख अतिथि प्रदीप पौडेलले श्रेष्ठलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।
फिल्म निर्देशक श्रेष्ठले गोरखाको धार्चे गाउँपालिका—४ लाप्राक गाउँमा प्रचलित सांस्कृतिक पर्व मकैको विवाहको विषयमा डकुमेन्ट्री तयार पारेका हुन । श्रेष्ठले गोरखा जिल्लाबाट कान्तिपुर टेलिभिजनका लागि समाचार लेख्ने काम गर्दछन् ।



