गोरखा । शनिबार गोरखाको मनकामना जादै गरेको स्कापियो दुर्घटनाका चालक बिरुद्व गोरखा प्रहरीले सवारी ज्यान मुद्वा दर्ता गरेको छ । नवलपुरबाट तिर्थ यात्री बोकेर आएको उक्त सवारी दुर्घटना हुदा १ जनाको ज्यान गएको थियो ।
चैत्र १७ गते शनिबार दिउसो ११ः१० बजे मनकामना जादै गरेको ग. १ च ७६१९ नं. को स्कारपिओ दुर्घटना हुदा नवलपुरको विनय त्रिवेणी गाउँ पालिका–४ बस्ने बर्ष ४५ को शोभाखर गैरेको ज्यान गएको थियो ।
दुर्घटनामा घाईते भएका गैरेको छिमेकी जिल्ला तनहुँको आँबुखैरेनीमा रहेको छिमकेश्वरी अस्पताल उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
गाडी उकालो चढ्न नसकी पछाडि ब्याक हुँदा अनियन्त्रित भई सडकको नालीमा खस्न जाँदा उक्त स्कारपिओमा सवार गैरेको ज्यान गएको थियो ।
घटना लगत्तै सवारी चालक विनय त्रिवेणी गाउँपालिका–४ बस्ने बर्ष ४७ को बेगबहादुर क्षेत्रीलाई प्रहरी नियन्त्रणमा लिएर चैत्र १८ गते निज विरुद्ध सवारी ज्यान कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागी म्याद थप गरेको पनि उनले जानकारी दिए ।
प्रहरीको हिरासतमा राखी घटनाको अनुसन्धान थालेको जानकारी दिएको छ ।


