गोरखा । राजधानी काठमाडौंदेखी गोरखा आउदै गरेको टृयाक्सी त्रिशुली नदीमा खस्दा ५ जनाको घटना स्थलमा नै मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिकैबाट त्रिशूली नदीमा ट्याक्सी खस्दा गोरखा सदरमुकामका ५ को घटना स्थलमा नै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ट्याक्सीमा सवार गोरखा नगरपालिका (७ का ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीय अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटीको मृत्यु भएको हो । त्यस्तै ट्याक्सी चालक गोरखाका अन्दाजी ३५ वर्षीय अर्जुन शिर्मल पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट गोरखा तर्फ आउदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ः१५ बजेको समयमा सडकबाट करिब ८० मिटर तल नदिमा खसेको थियो ।
दुर्घटनामा परी बेपत्ता भएका १८ वर्षीय दिवश रोकाय भने हालसम्म फेला नपरेका प्रहरीले जनाएको छ। उहाँको खोजी कार्य भइरहेको छ।
ट्याक्सीमा सवार पाँचैजनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
सोही घटनामा परेका १८ बर्षका दिवश रोका भने बेपत्ता भएकोले उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।




















