गोरखा । गोरखाको दरौदी नदी किनारमाबाट अबैध रुपमा ढुङ्गा, बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा प्रहरी विभिन्न सामाग्रीहरु नियन्त्रणमा लिएको छ ।
गोरखा नगरपालिका–१० स्थित दरौंदी नदी किनारमा अवैध ढुङ्गा, बालुवा उत्खनन गदै गरेको बा. २ क ८२४७ नं. र अन टेस्ट लेखिएको ब्याकहो लोडर र ग. १ ख ८२२५, ग. १ क ३२९० र बा. ५ ख। २७८७ नं.को टिप्परहरुलाई गोरखा प्रहरी नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार प्रहरी नियन्त्रणमा लिएका ति सवै सवारी साधनलाई कारवाहीको लागि गोरखा नगरपालिकामा बुझाएको छ ।




















