गोरखा । गोरखाको पालुङटारमा रोकिराखेको एक्साभेटरमा ढुङ्गाले हाने क्षती पुरर्याएको आरोपमा प्रहरी ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–९ बस्ने बर्ष १९ को कुमार घर्ती मगर, सोही ठाउँ बस्ने बर्ष २१ को विवेदक पुन मगर र ओखलढुङ्गा जिल्ला घर भई जिल्ला कास्की, पोखरा महानगरपालिका–१६ लामाचौर बस्ने बर्ष १९ को युनिस गुर्बाछाङ मगरलाई प्रहरी पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुले चैत्र ८ गते राती ११ः३० बजेको समयमा पालुङटार नगरपालिका–१० मिरकोटको बागडाँडामा पार्किङ गरेको राखेकोप्रदेश ०१–००३ क ८२१२ नं.को स्काभेटरमा ढुङ्गाले सिसाको भागमा प्रहार गरी क्षति पुर्याएको र सोही घटनामा पीडित मार्फत जाहेरी दरखास्त प्रहरी परेपछी उनीहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीले उनीहरुलाई चैत्र ९ गते पक्राउ गरी चैत्र १२ गते अपराधिक उपद्रव कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि म्याद गरेको पनि सूचना अधिकारी श्रेष्ठले बताए ।
पक्राउ परेका सबैलाई प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।


