गोरखा । नाबालिका बलात्कार मुद्वामा गोरखा बिरेनचोकका १ जना युवक पक्राउ परेका छन् । पक्राउ पर्ने युवक गोरखा नगरपालिका–१० बिरेचनचोक घर भएका २२ बर्षका मदन थापा मगर भएको प्रहरीले पुष्टी गरेको हो ।
आरोपित युवकले चैत्र १० गते राती ११ बजेको समयमा स्थानिय १३ बर्षिया बालिका ‘ह कुमारी’ नाम परिवर्तनलाई रातको समयमा एकान्त स्थानमा भेट्ना बोलाएर जबरजस्ती करणी उद्योग गरेको भन्ने पिडित बालिकाको आमाले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
पिडितकी आमाले दिएको उजुरी लगत्तै प्रहरीले आरोपित युवकलाई चेत्र ११ गते पक्राउ गरी गोरखा जिल्ला अदालतबाट चैत्र १२ गते अनुसन्धानका लागि म्याद थप गरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।



