फाईल तस्बिर
गोरखा । जिल्ला भित्रको केही स्थानमा विद्युत मर्मत हुने भएपछी आज गोरखा सदरमुकाम र वरपरको क्षेत्रमा दिउसो केही समयको लागि बिद्युत अबरुद्व हुने भएको छ ।
नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रले सूचना जारी गर्दै दिउसो २ बजेसम्म बिद्युत अबरुद्व हुने जनाएको हो ।
जारी सूचनामा शनिबार ३३ केभि गोरखा सवस्टेशनबाट सप्लाई भएका नयाँबजार तथा खोप्लाङ फिडरमा कण्डक्टर बदली गनुपर्ने अवस्था आएको भन्दै दिउसो २ बजेसम्म उक्त फिडरबाट बितरण गरिएको बिद्युत अबरुद्व हुने भनेको छ ।
बितरण केन्द्रको सूचना बमोजिम गोरखा नगरपालिकाको पुरै क्षेत्रका साथै पालुङटार नगरापलिकाको खोप्लाङ र मिरकोट, भिमसेन थापा गाउँपालिकाको पुरै क्षेत्र, सिरानचोक गाउँपालिकाको छोप्राक र वरपरका क्षेत्रका पनि दिउसोसम्म बिद्युत अबरुद्व हुने छ ।
त्यस्तैगरी, शहिदलखन गाउँपालिकाको पुरै क्षेत्र तथा बारपाक सुलिकोटको पन्द्रुङ, पाँचखुवा देउराली, ताकुकोट र ताकुमाझ लाकुरीबोट क्षेत्रमा पनि बिद्युत अबरुद्व हुने छ ।
तर मर्मत कार्य चाढो सकिएको खण्डमा भने निर्धारित अबधीभन्दा अगावै बिद्युत सुचारु हुने पनि बितरण केन्द्रले जानकारी दिएको छ ।





















