साँकेतिक तस्बिर
गोरखा । गोरखामा बलेरो जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन । गण्डकी गाउँपालिका–६ बन्टारबाट चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ तर्फ जादै गरेको जीप दुर्घटनामा परेको हो ।
फिस्लिङ बजार तर्फ यात्रु र तरकारी बोकेर आउँदै गरेको बा १९ च ८६५ नम्बरको बलेरो जीप बिहान दुर्घटनमा परेको स्थानीय रबि मियाँले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परि ४ जना सामान्य घाइते भएका छ्न ।
सबै घाईतेहरु स्थानिय स्वास्थ्य संस्थामा उपचार पछी घर फर्किएका छन् ।


