काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक सानेपास्थित केन्द्रिय कार्यालयमा आज पनि बस्न लागेको हो ।
आजको बैठकमा धारणा राख्न बाँकी केन्द्रिय सदस्यहरूले आ-आफ्नो धारणा राख्नेछन् ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा हिजो बसेको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तावहरू प्रस्तुत गरेका थिए भने उपसभापति एवं कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादहरु बारे जानकारी गराएका थिए ।


