साँकेतिक तस्बिर
डडेल्धुरा । डडेल्धुरा प्रहरीले २० वर्षीया महिलालाई सामुहिक रुपमा बलात्कार गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका–३ ओड गाउँ बस्ने २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिपक ओड र एकजना १८ वर्षीय किशोर रहेको डडेल्धुरा प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार कमल र २ जना १८ वर्षीय किशोरले ती महिलालाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा लगेर सामुहिक बलात्कार गरेका थिए ।
त्यसका साथै तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ सोही गाउँपालिका डेकास्थित बाँझो घरको गोठमा लगि जबरजस्ती करणी गरेका थिए ।
पिडित महिलाले प्रहरीमा उजुरी दर्ता लराए लगत्तै जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीको टोलीले ४ जनालाई पक्राउ गरेको हो ।
घटनामा संलग्न अर्का सोही ठाउँ बस्ने १८ वर्षीय किशोर फरार भएकोले प्रहरीले ब्यापक रुपमा खोजी गरिरहेको र पक्राउ परेकाहरुका सम्बन्धमा अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ ।




















