साँकेतिक तस्बिर
गैडाकोट । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुवेर नवलपरासी गैंडाकोटमा एकाघरका २ दाजुभाइको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा गैंडाकोट नगरपालिका–७ गैरी घर भएका १४ वर्षका सविन कुमाल र ९ वर्षका संगम कुमाल भएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिए ।
उनका अनुसार दुई दाजुभाइ नदीमा पौडी खेल्ने क्रममा दिउँसो नदीमा डुबेका थिए ।
नदीमा डुबेका दाजुभाइको उद्वार गरी उपचारको लागि अस्पताल लगिएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।



