×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कराएर वरदान माग्नु पर्ने रामेछापकाे स्थानापति बुढा महादेव

  •  गोरखा समाचार
  • सोमबार, असोज ०१, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रामेछाप । मध्यको पशुपति भनेर चिनिने रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँ बाहुनचुरामा रहेको स्थानापति बुढा महादेवको दर्शन र महादेव मन्दिर घुम्न जाने मानिसहरूको स‌ंख्या बढ्दै गएको छ । काठमाडौंकाे पशुपति र पूर्वका पशुपति भनेर चिनिने हलेसी महादेवको बिचमा पर्ने भएकोले बुढा महादेवलाई मध्यका पशुपति भनेर पुकार्ने गरिएको स्थानीय प्रकाश पुरी बताउँछन् ।

    डाँडाको टुप्पामा रहेको महादेव मन्दिर दृश्यावलोकनका लागि पनि त्यतिकै रमाइलो छ । मन्दिरको तलसम्म सडक र सडकबाट मन्दिरसम्म जान सिँढी बनाएपछि बुढा महादेव मन्दिर जिल्लाको आकर्षक गन्तव्य स्थल बनेको छ ।

    स्थानापति महादेव मन्दिरमा जाने २ वटा बाटो छन् । एउटा सदरमुकाम मन्थलीबाट चिसापानी हुँदै पुरानागाउँ निस्किएर जाने बाटो छ । यो बाटो जाँदा चिसापानीको भीमसेनस्थान तथा ऐतिहासिक चिसापानी गढी समेत अवलोकन गर्न पाइन्छ । पैदल हिँडेर जानेको लागि गाईखुरादेखि भिमसेनस्थानसम्म सिँढी हालिएको छ । भिमसेनस्थानबाट चिसापानी गढी निस्किएर महादेवस्थान जान मिल्छ । मन्थलीबाट यातायात साधन लिएर सोझै जाने हो भने डेढ घण्टामा महादेव मन्दिर पुगिन्छ । पैदल जाँदा भने ३ घण्टा लाग्छ ।

    मन्दिरमा जाने अर्को मन्थलीबाट देवीटार हुँदै पोखरी डाँडा पुगेर झर्ने बाटो छ । फुर्सद निकालेर घुम्न जानेको लागि भने बुढा महादेवको मन्दिरबाट शैलुङ निस्कने बाटो छ । मन्थलीबाट स्थानापति दर्शन गरेर शैलुङ जान मिल्छ । त्यहाँबाट खाँडादेवी निस्किएर काठमाडौं जान वा मन्थली निस्कन मिल्छ । खाँडादेवी हुँदै, शैलुङबाट झरेकाको लागि स्थानापति दर्शन गरेर मन्थली झर्न वा दोलखा जान पनि मिल्छ ।

    सो मन्दिरमा आजकल दैनिक जसो मानिसहरू दर्शन गर्न र घुमघामको लागि जाने गर्दछन् । हरितालिका तिज, ठुली एकादशी र महाशिवरात्रिमा भने मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । सो मेलमा रामेछापलगायत दोलखा, सिन्धुली, सर्लाही, महोत्तरी, ओखलढुङ्गा, काभ्रे, काठमाडौं लगायतका स्थानबाट दर्शनार्थी आउने गर्दछ । ‘अहिले मन्दिर आउने भक्तजन बढेका छन्, चाडपर्वमा मात्रै होइन अरू बेला दर्शनका लागि आउने भक्तजन पनि बढेका छन्’, उनले भने ।

    स्थानपति महादेवलाई आशुतोष अर्थात् जे माग्यो त्यही दिने भगवानको रूपमा लिइन्छ । तर स्थानापति महादेवसँग वरदान माग्दा भने मनमनै वा सानो स्वरले मागेर हुँदैन । ठुलो स्वरले कराएर वरदान माग्नु पर्छ । त्यसैले यी महादेवलाई बहिरा महादेव भनेर पुकारिन्छ । यो मन्दिरमा मानिसहरू प्राय सन्तान प्राप्तिको कामना गर्दै पूजा गर्न पुग्ने गर्दछन् । पशु बस्तु नफस्टाएमा दाम्लो लिएर गई महादेव मन्दिर आसपासको ढुङ्गा बाँधेर डोहोर्याउँदै लैजाने प्रचलन रहेको बोहराले बताए ।

    पहिला मन्दिरमा जाने बाटो निक्कै अप्ठेरो थियो । तर अहिले मन्थली नगरपालिकाले मन्दिरको फेदीबाट मन्दिरसम्म आकर्षक सिँढी बनाएको छ । जसले गर्दा मन्दिरमा पुग्न सहज भएको छ भने मन्दिरमा जाने बाटो पनि आकर्षक देखिन्छ ।

    मन्दिरमा आफैँ उत्पत्ति भएको महादेवको मूर्ति छ । पहिला त्यतिकै रहेको मूर्तिलाई अहिले मन्दिर बनाएर संरक्षण गरेको छ ।

    काठमाडौंदेखि दोलखासम्मको तीर्थयात्रालाई यो मन्दिरसँग पनि जोड्ने हो भने अझ दर्शनार्थी बढ्ने देखिन्छन् । काठमाडौंबाट दुम्जाको आदिलिंगेश्वर महादेव, त्यहाँबाट खाँडादेवी, खाँडादेवीबाट शैलुङ, शैलुङबाट स्थानापति हुँदै दोलखा भीमसेन र कालिञ्चोकसम्मको तीर्थयात्राको रुट बनाउने हो भने तीर्थयात्रीले पनि विभिन्न धार्मिक तीर्थस्थलको दर्शन गर्न पाउने र यो तीर्थस्थलको पनि प्रचारमा सहयोग पुग्ने देखिन्छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, असोज ०१, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.