×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

लिबियाको बाढी : मृत्युको दुर्गन्ध, उजाड भूमि

  •  गोरखा समाचार
  • आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । बेङ्गाजीका क्षेत्रहरू खियाले रातो भएका तालका रुपमा परिणत भएका छन् । जब त्यहाँ पुगिन्छ यातायात सुस्त हुन थाल्छन् । टेलिग्राफका खम्बाहरू अव्यवस्थित रूपमा ढलेका छन् । कारहरू राजमार्गका प्वालहरू वरिपरि घस्रन्छन्, हतारमा खनिएका जस्ता देखिन्छन् ।

    देर्ना सहर नजिकको एउटा पुल पूर्णरूपमा बगेको छ । स्थानीयहरू टार्माक मुहानको छेउमा उभिएर हेर्छन् र फोटो खिच्छन् ।

    सिपाहीहरूले कारमा आएका प्रत्येक चालक र यात्रुलाई मास्क दिन्छन् । अर्को दिशामा ड्राइभ गर्नेहरूले मास्क लगाएका छन् । यस्तो किन भइरहको छ भन्ने विषय यहाँले चाँडै थाहा पाउनुहुनेछ ।

    सहरका केही भागहरूमा मृत्युको गन्ध वर्णन गर्न लगभग असम्भव छ । नाकको प्वाल गन्धले भरिन्छ । ढलबाट निस्कीएको गन्ध पहिचान गर्न गाह्रो छ । बन्दरगाह नजिक गयो भने यहाँको गन्ध यती शक्तिशाली छ कि यसले पेट निमोठ्छ ।

    पुनःस्थापनामा खटिएकाहरू मानिसका शवहरू अझै खोजिरहेका छन् ।

    समुद्रको पानीमा बिस्तारै सडिरहेका तीन शवहरू भर्खरै भेटिएको उद्धारकर्मीले बताए । ती शव ढिस्कोको भग्नावशेषमा फेला परेका थियो ।

    भाँचिएका काठ, कार, टायर, फ्रिज लगायत वस्तुहरू पानीमा तैरिएका छन् । डेर्ना सहरका तस्बिर हेर्दा कहालीलाग्दो देखिन्छ । बाढीको क्षति हेर्दा लाग्छ, सहर खोलाले हानेको चोट जस्तै देखिन्छ । यहाँ केही पनि छैन जस्तो उजाड बाँझो जमिन जस्तै देखिन्छ ।

    यहाँका ढिस्कामा केही पनि बाँकी छैन । बाँझो जमिन जस्तै देखिन्छ । कारहरू खेलौनाहरू जस्तै उल्टो भएर पल्टिरहेका छन् । केही अल सहाबा मस्जिद वरपरको टेरेस भित्र पूर्ण रूपमा धकेलिएका छन् ।

    कङ्क्रिटका ब्लकले बनेका पर्खालहरू ढलेका छन् । बलिया रूखहरू जमिनबाट उखेलिएका छन्, रुखका जरा हावामा देखिन्छन् । यहाँ हजारौं मानिस मात्र बडारिएका होइनन्, तिनीहरूका जीवनसँगै घर, सम्पत्ति र सामग्री बडारिएका छन् । डेर्ना सहरको मानवता सकिएको छ ।

    बाँच्नेहरूका लागि यहाँको जीवन परिवर्तन भएको छ । त्यहाँ ठूलो शोक र क्रोध छ ।

    फरिस घसारले आफ्नो परिवारका पाँच सदस्यलाई भीषण पानीमा गुमाएका छन् ।

    ‘हामीलाई घर भित्रै बस्न भनियो, किन ?’ उनी रोए र भने, ‘हामीलाई आँधी आएको बताउनुपर्ने थियो, हामीलाई बाँध पुरानो र भत्किएको बताउनुपर्ने थियो ।’

    ‘यी भत्किएका भवनहरूमध्ये केही सय वर्ष पुराना थिए । यो सबै राजनीति हो । पश्चिममा सरकार छ, पूर्वमा सरकार छ । यो ठूलो समस्या हो’, उनले भने ।

    मृतकमध्ये एक फारिसकी १० महिनाकी छोरी पनि थिइन् । उनले आफ्नो छोरीको तस्बिर मोबाइलमा देखाए ।

    यहाँका मन्त्रिले विपद् क्षेत्रको अवलोकन गरेका छन् । ती मन्त्रि पूर्वी सरकारका हुन् । लिबियाका दुई विरोधी अधिकारीहरूमध्ये उनी एक थिए । उनीहरूको लडाइँले देशको पूर्वाधार ध्वस्त पारेको थियो ।

    त्यो लडाइँ उनको परिवारको लागि घातक साबित भएको फारिसले दाबी गरे । पूर्वी प्रधानमन्त्री ओसामा हमादले भने, ‘यो धेरै शक्तिशाली चक्रवात थियो, यो प्रकृति हो ।’ सडकमा डेर्ना पूर्ण खाली गर्ने हल्ला छ ।

    सहरका छेउछाउमा रहेकाहरू सफा पानी र चिकित्सा सेवाको अभाव लडिरहेका छन् । घातक आँधीको एक सातापछि यहाँ बाँचेकाहरूले सामना गर्नुपर्ने चुनौति बढ्दै गएका छन् ।

     

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    आइतबार, भदौ ३१, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.