काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई १ साता लामो भ्रमणका क्रममा आज भारत जादै छन् । नेपाल समाजवादी पार्टी प्रवास कमिटीको निमन्त्रणमा भट्टराई भारत जान लागेका हुन् ।
भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल र अन्तरक्रिया गर्नुका साथै नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जानकारी दिएको छ ।
उनको कार्यक्रम गोवा, कर्नाटक, नयाँ दिल्ली र चण्डीगढमा केन्द्रीत हुनेछ । उनी असोज ५ गते स्वदेश फर्कनेछन् ।


