जनकपुरधाम । धनुषा प्रहरीले आफूलाई घुमुवा प्रहरी बताउँदै लुटपाट गर्ने १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका ३ लग्माका ३१ वर्षीय अमरेश कुमार यादव रहेको प्रहरीले जनाएको छ । एक जना फरार छन् ।
पक्राउ परेका अमरेशकुमार यादव र फरार रहेका अन्य १ जनाले आफूलाई घुमुवा प्रहरी हुँ भनेर धाक धम्की देखाइ धनुषाको विदेह नगरपालिका ३ चिकनास्थित सडक खण्डमा मोटरसाइकलमा सवार यात्रुहरुसंग ४ हजार रुपैयाँ नगद लुटेर भागेका थिए ।
सो घटनाको खबर प्राप्त हुनेसाथ ईलाका प्रहरी कार्यालय दुहवी धनुषाबाट खटिएको प्रहरी टोलीले अमरेश कुमार यादवलाई पक्राउ गरेको हो ।
पक्राउ परेका यादवमाथि अनुसन्धान पक्रिया अगाडि बढाइएको छ भने फरार रहेका अन्य १ जना व्यक्तिको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ ।



