×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

तीजमा पशुपतिनाथ दर्शका लागि सम्पूर्ण तयारी पुरा : बिहान ३ बजेबाटै चार ढोका खुल्ने

  •  गोरखा समाचार
  • शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    कोषले आज पत्रकार सम्मेलन आयोजना गरी मन्दिर प्रवेश गर्ने भक्तजनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

    हिन्दूहरुको महान् पर्व हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शनार्थ पुग्ने भक्तजन एवं विशेषगरी हिन्दू नारीहरुको सेवा सुविधाका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन प्रसादको व्यवस्थालगायतका व्यवस्था गरिएको कोषले जनाएको छ ।

    ‘कोषले दर्शन मार्गको व्यवस्था एवं सुधार, जुत्ता चप्पल राख्ने ठाउँको व्यवस्था, आकस्मिक स्वास्थ्य सेवा, उपासना सहितको मनोरञ्जनात्मक गीतसंगीत, दीपावली, व्रतालुहरुले गौदान गर्ने स्थानको व्यवस्था जस्ता कार्यक्रमलाई सहज रुपमा सम्पादन गर्न पशुपति क्षेत्र विकास कोषले विभिन्न व्यवस्था गर्दै तयारीको अन्तिम चरणमा आइपुगेको व्यहोरा जानकारी गराउँदछौं ।’ कोषले भनेको छ ।

    पशुपतिनाथको दर्शन गर्न आउने दर्शनार्थीहरुको सुविधाका लागि चार स्थानबाट दर्शनमार्गको व्यवस्था गरी दर्शन गर्ने व्यवस्था मिलाईएको र सोही अनुसार जुत्ता चप्पल राख्ने व्यवस्था पनि मिलाइएको कोषले जानकारी दिएको छ ।

    गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, वासुकी हुँदै उत्तरढोकाबाट मन्दि प्रवेश गर्नेगरी एउटा लाइनको व्यवस्था गरिएको छ । त्यस्तै मित्रपार्क, जयवागेश्वरी, भुवनेश्वरी, शंकराचार्यमठ दक्षिण हुँदै फलामे पुल– पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गर्ने अर्को लाईन तथा गौशाला, पिङ्गलास्थानवाट वनकाली, चारशिवालय, पञ्चदेवलपूर्व, वज्रघर, दक्षिणढोकासम्मको लाईनलाई चौसट्ठीबाट मन्दिर प्रवेश गर्ने गरी व्यवस्थापन गरिएको कोषले जनाएको छ ।

    त्यस्तै तिलगंगा राममन्दिर हुँदै आर्यघाट पारीपट्टी भएर पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी दर्शन गर्न अर्को लाईनको व्यवस्था गरिएको बताइएको छ ।

    त्यस्तै दर्शननार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ः०० देखि नै पशुपतिनाथ मन्दिरका चारैढोका खोल्ने व्यवस्था मिलाइएको र श्रीयन्त्र पूजा र महाभोगको बेलामा मात्र केही समय मन्दीर बन्द रहने त्यस बाहेकको समय मन्दिर खुल्ला रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

    कोषले बहुमुल्य गरगहना लगाएर मन्दीर अनाउन आग्रह गरेको छ ।

    ‘हरितालिका पर्वलाई व्यवस्थित गरी दर्शनार्थीलाई आवश्यक सेवा सुविधा पु¥याउन धार्मिक सामाजिक संस्थाहरुलाई समन्वय गरी मन्दिर प्राङ्गणभित्र आवश्यकता अनुसार संस्कृति संरक्षण महाशाखाले महिला स्वयंसेवकहरु मात्र परिचालन गर्नेगरी मिलाउनेछ, पुरुष स्वयंसेवकहरुलाई मन्दिर प्राङ्गण भित्र पूर्ण रुपमा निषेध गरिनेछ ।’ कोषले भनेको छ ‘ तर कोषका कर्मचारी, भण्डारी, रकमी र महिला सुरक्षाकर्मी भने परिचालन गरिनेछ । कोर क्षेत्र र सो भन्दा बाहिरी क्षेत्रमा भने आवश्यकता अनुसार स्वयंसेवी संस्था तथा स्वयंसेवकहरु परिचालन गरिनेछ ।’

    त्यस्तै सहज दर्शन र मन्दीर र ट्राफिक व्यवस्थापन र पार्किङको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख रेवति रमण अधिकारीले जानकारी दिए ।

    त्यस्तै परिषद् सदस्य भरत प्रसाद बडालले, धर्म गर्न आउनेले अरुलाई छल्ने भन्दा पनि अरुलाई सहयोग गर्ने भावनाका साथ प्रस्तुत हुनु पर्ने भन्दै एक अर्कालाई सहयोग गर्न आग्रह गरे ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.