साँकेतिक तस्बिर
दाङ । घोराही उपमहानगरपालिका–५ दलजितपुरमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । ५१ वर्षीय प्रेमबहादुर केसीको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले उनका २८ वर्षीय छोरा सन्तोष केसीलाई बिहीबार राति पक्राउ गरेको जनाएको छ ।
सुतिरहेको अवस्थामा सन्तोषले कुटपिट गर्दा गम्भीर घाइते भएका प्रेमबहादुरको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ हुँदै मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मादक पदार्थ सेवन गरी आफ्नै बुवालाई कुटपिट गरीहत्या गरेको भन्दै अस्थायी प्रहरी पोष्ट दलजितपुरबाट खटिएको प्रहरीको टोलीले सन्तोष्लाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



