गोरखा । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी आज (बिहीबार) नेम्वाङको शोकमा बिदा दिने जनाएको छ ।
गृह मन्त्रालयले मंगलबार एक बिज्ञप्ती निकाल्दै स्वर्गीय सुवासचन्द्र नेम्वाङको अन्तिम संस्कार यही मिति २०८० साल भदौं २८ गते बिहीबार हुने भएकोले उक्त दिन नेपालभरका सबै सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा सार्वजनिक बिदा हुने र तत् तत् निकायका कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने भनिएको छ ।





















