×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

धरान उपमेयर बेघाको घरमा आक्रमण भाईको अवस्था सामान्य, अर्का घाइते युवाको अवस्था गम्भीर (भिडियाे सहित)

  •  गोरखा समाचार
  • बुधबार, भदौ २७, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धरान । उपमेयर अइन्द्र बिक्रम बेघाको घरमा आक्रमण गरेको भनिएको घटनामा दुई युवा घाइते भएका छन् ।

    घाइते हुनेमा उपमेयर बेघाका कान्छा भाई विष्णु बेघा र अर्को समुहका युवा सन्देश राई छन् । दुवैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उपमेयर बेघाको भाई विष्णुको टाउको र अनुहारमा चोट छ । यद्यपी उनको अवस्था सामान्य छ । अर्को समुहका भनिएका सन्देश राईको अवस्था भने गम्भीर छ । उनको शरीरमा पछाडि कम्मरमा धारिलो हतियार प्रहारबाट गहिरो चोट लागेको छ । चिकित्सकहरुले सन्देशको अप्रेशन गर्नुपर्ने बताइरहेका छन् ।

    घटना के भएको हो भन्ने प्रष्ट भइसकेको छैन । दुई टोलका युवाहरुबीच पुरानो रिसइबीले मंगलबारको घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले गम्भीरतापुर्वक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए । ‘घाइतेमध्ये विष्णु बेघा उपमेयरको भाई हो, र उहाँको घरमा युवाहरुको समुहले ढुंगा हाने भन्ने छ,’डिएसपी भण्डारीले भने,‘घटनाको अनुसन्धान भइरहेको छ । प्रहरीहरु फिल्डमा नै खटिएका छन् ।’

    उपमेयर बेघाले आफ्नो घरमा आक्रमण हुँदा प्रहरीलाई समयमै खबर गर्दा पनि नआएको भन्दै धरानका डिएसपीलाई फोन गरेको फेसबुक लाइभ गरेपछि घटनाप्रति सबैको चासो भएको थियो । युवाहरुले घरमा आएर ढुंगामुढा गरेर परिवारलाई आतंकित बनाएको उपमेयर बेघाले बताए । ‘वल्लो र पल्लो टोलका युवाहरुको व्यक्तिगत समस्या होला तर घरमा आएर ढुंगामुढा गरेर परिवार सबैलाई आतंकित बनाएछन्,’ उपमेयर बेघाले भने,‘प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

    दुवै घाइतेलाई उपचार गराउन पुगेका युवाहरुबीच वीपी प्रतिष्ठानको इर्मजेन्सीमा पनि कुटाकुट भएको थियो । त्यसक्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । दुवै पक्षले शुरुमा अर्को पक्षले आक्रमण गरेपछि प्रतिकार गरेको दाबी गरिरहेका छन् । प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको युवाले शुरुमा उपमेयर बेघाको भाईले आक्रमण गरेपछि सन्देश राईको समुहले विष्णु बेघालाई आक्रमण गरेको वयान दिएका छन् ।

    घाइते विष्णु बेघाले भने अर्को समुहका युवाहरु गाउँमा आएको थाह पाएपछि कुरा गर्न जादा बाटोमा भेट हुदा एक्कासी आक्रमण गरेको बताए । हुलमुलमा सन्देशलाई आफुले देखेपनि कस्ले आक्रमण गरेको भन्ने थाह नभएको उनले बताए । अर्को समुहका युवाहरुले ग्याटिसले ढुंगा हानेर टाउको, जिउमा चोट लागेको पनि उनले बताए ।

    यसैबीच, राती नै उपमेयर बेघा घाइतेको अवस्था बुझ्न प्रतिष्ठानको इर्मजेन्सीमा पुगेका थिए । उनले घाइते सन्देशको अवस्था जानकारी लिदै उनको आमालाई पनि भेटेका थिए ।

    copy : clickdharan

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    बुधबार, भदौ २७, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.