साँकेतिक तस्बिर
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाको खेलमैदानमा लागेको मेला हेर्न गएको १५ वर्षीया किशोरीमाथी सामुहिक बलात्कार भएको छ ।
घटना लगत्तै प्रहरीले दोधारा चाँदनी नगरपालिका–३ बस्ने १९ वर्षीय अरबिन महता, १७ वर्षीय किशोर र १८ वर्षीय किशोर समेत ३ जनालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेकाहरुले दोधारा चाँदनी नगरपालिका–२ स्थित खेलमैदानमा लागेको मेला हेर्न गएकी ती किशोरीलाई ललाई फकाई सोही नगरपालिका–४ बैतडा टोलस्थित उखु बारीमा लगि भदौ १५ गते बेलुकी र सोही नगरपालिका–१ मायापुरी सामुदायिक जंगलमा लगि भदौ १९ गते सामुहिक रुपमा बलात्कार गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरु बिरुद्व प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।



