काठमाण्डौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा सांसद एवं पूर्व सभामुख सुवास नेम्वाङको शव श्रद्धाञ्जलीका लागि २ दिन पार्टी कार्यालयमा राखिने भएको छ । हृदयघातका कारण ज्यान गुमाएका उनको शवलाई आज र भोलि २ दिन पार्टी कार्यालयमा राखिने भएको हो ।
नेम्वाङको शब अहिले ७ बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालय लगिँदै छ । बुधबार अपाराह्नपख मात्रै अन्तिम संस्कार गरीने भएको छ ।
संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङ इलाम—२ बाट निर्वाचित सांसद थिए । एमालेका संसदीय दलका उपनेता रहेका उनको मंगलबार बिहान १ बजे अस्पतालमा लादालादै निधन भएको थियो ।
हृदयघात भएका उनलाई राति नै गंगालाल अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।


