एजेन्सी । अफ्रिकी देश मोरक्कोमा एकाबिहानै ६.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण त्यहाँ अहिलेसम्म कम्तीमा २९६ जनाले ज्यान गुमाएको बीबीसीले जनाएको छ । सो भूकम्पमा परी कम्तीमा १५३ जना गम्भीर घाइते भएका छन् ।
अहिले भग्नावशेषबाट मानिसलाई निकाल्न उद्दार कार्य भइरहेको छ । ज्यान गुमाउनेहरुको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
भूकम्पको केन्द्र विन्दू हाइ एटलस माउन्टेन रहेको छ । निरन्तर पराकम्पन आएकाले मानिसहरु घर बाहिर आएर बसेका छन् ।
भूकम्पका कारण थुप्रै भवन ढलेका छन् । ती भवनमा पुरिएर धेरेको ज्यान गएको हो । अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार १२० वर्षमा पहिलो पटक उक्त क्षेत्रमा यतिठूलो भूकम्प आएको हो ।
यसको तीव्रता अमेरिकी जियालोजिकल सर्वेका अनुसार ७.२ स्केल रहेको बताइएको छ ।
उत्तर अफ्रिकामा भूकम्प दुर्लभ मानिन्छ । यसअघि सन् १९६० मा अगादिर नजिक ५.८ रेक्टर स्केलको भूकम्प आएको थियो । त्यतिबेला हजारौले ज्यान गुमाएका थिए ।


