चितवन । चितवनको राप्ती नगरपालिका–३ झुरझुरे बासुकी पेट्रोल पम्प नजिक शनिबर बिहान दुई वटा ट्रक एक आपसमा ठोक्किँदा १ जना ट्रक चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा गैंडाकोट–१ का ४२ वर्षीय प्रकाश कुँवर रहेको चितवन प्रहरीले पुष्टी गरेको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्लाको पूर्व–पश्चिम महेन्द्र राजमार्गको झुरझुरेमा ना. ३ ख ५४८८ नम्बरको ट्रक र प्र २–३–००२ ख ५६०९ नम्बरको ट्रक आज बिहान ६ः३० दुर्घटनामा परेको थियो ।
दुर्घटनामा सख्त घाइते भएका चालक कुँवरको उपचारका क्रममा भरतपुरमा रहेको पुरानो मेडिकल कलेजमा बिहान ७ः१५ बजे ज्यान गएको हो ।
दुर्घटनामा अर्को ट्रकका सहचालक रौतहटका रविनकुमार यादवको अवस्था मध्यम छ भने चालक बारा निजगढका निकेश राउत कुर्मी सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।


