काठमाण्डौं । मलेसियाले सरकारले हालै २ जना युवा नेपालीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका ति नेपाली युवाहले रक्सीको मातमा तमन मेलावती क्षेत्रमाको एक पसलको झ्याल फुटाइदिएको आरोप लगाएका छन् ।
पक्राउ परेका युवाहरुले रक्सी खाएर मुक्का हानेर पसलको सिसा फोडेर भागेको पाइएपछि उनीहरूलाई हिरासतमा लिइएको मलेसियको प्रहरीले जनाएको छ ।
स्थानीय सञ्चार माध्यम द स्टारका अनुसार सीसीटीभी फुटेज जाँच गर्दा २ जना युवाले झ्यालको सिसा मुक्का हानेर फुटाएपछि भागेको देखिएको थियो ।
गएको शुक्रवार बिहान पसलमा आउँदा म्यानेजरले पसलको सिसा फुटेको अवस्थामा देखेका थिए ।
झ्यालको सिसा फुटेको पाइएपछि सीसीटीभी जाँच गर्दा अघिल्लो दिन अर्थात् अगस्ट ३० का दिन रक्सीले मातेको अवस्थामा २ युवाले ४ मुक्का हानेर सिसा फोडेको देखिएको थियो ।
घट्नामा संलग्न भएका २१ र २२ वर्षका २ जना नेपाली युवालाई प्रहरीले हिरासतमा राखेको छ । उनीहरूको नेपालको ठेगाना र परिचय भने खुलाइएको छैन ।
पक्राउ परेका दुवै जना सोही क्षेत्रको एक मल पसलमा सहायक कामदारको रूपमा काम गर्ने युवा भएको पुष्टी भएको स्थानिय प्रहरीले जानकारी दिएको छ ।




















