काठमाडौं । नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहर भएको छ । सांघातिक हमलाको काँग्रेसले घोर निन्दा र भर्त्सना गरेको छ ।
रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा उनीमाथी खुकुरी प्रहार भएको हो । घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
घटनापछि कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर ‘नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथि आज भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ’ भनेको छ ।

कांग्रेसले यादवमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तीर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडा भन्दा कडा कारबाही गर्न पनि सरकारसँग माग पनि गरेको छ ।
यादवलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले नुवाकोटको विदुर नगरपालिका तुप्चे घर भई हाल राजधानीको बालाजुको पैंयुटार बस्ने ४७ वर्षका श्यामबहादुर सापकोटालाई पक्राउ गरेको छ । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















