काठमाण्डौं । एसिया कप क्रिकेट खेलेर स्वादेश फर्किएको नेपाली राष्ट्रिय टोलीलाइ भव्य स्वागत गरिएको छ । श्रीलंकामा भएको एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट बाहिरीए पछी आज (बुधबार) स्वदेश फर्किएको हो ।
नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थल पुगेको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो ।
नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकहरुले नेपाली टिमलाई स्वागत गरेका थिए । भारत र पाकिस्तानविरुद्ध निडर र साहसिक प्रदर्शन गरेको नेपाली टोलीलाई स्वागत गर्न सर्व साधारणहरु पनि विमानस्थल पुगेका थिए ।



