काठमाण्डौं । एसिया कप खेलेर नेपाली टिम आज स्वदेश फर्कंदै छन् । इतिहासमै पहिलो पटक नेपालले विश्व क्रिकेटका ठूला टिम पाकिस्तान र भारतसँग एसिया कपको समूह चरणमा खेलेको थियो ।
दुवै खेल हारे पनि नेपालले धेरै क्रिकेट समर्थकको मन जितेको छ । विशेषगरी भारतसँग गरेको ब्याटिङ प्रदर्शनका कारण नेपाली टिमले विश्वभरीबाट धेरै प्रशंसा बटुलेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिम दिउँसो १२ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । नेपाली टिमलाई विभिन्न संघ संस्था तथा सर्व साधारणले भब्य स्वागत गर्ने तयारी गरीरहेको छ ।



