फाईल तस्बिर
काठमाण्डौं । कतारका राजाले नेपाल भ्रमण गर्ने भएका छन् । राजा शेख तमिम बिन हमद अल थानीले केही महिना भित्रै नेपालको भ्रमण हुने गर्ने तयारी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सोतका अनुसार राजा अल थानीले आगामी ३ महिना भित्रमा नेपालको भ्रमण हुने छन् । उनको भ्रमण कार्तिक अन्तिम सातासम्ममा हुने अनुमान गरिएको छ ।
उनको भ्रमणमा ८ देखि १० वटा आयोजनाको सम्झौता हुन सक्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनकाे भ्रमणमा नयाँ श्रम सम्झाैता समेत हुनसक्ने अनुमान गरिएकाे छ ।


