×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

कार्यालय सहयोगीमाथि ३ वर्षदेखि यौन शोषण, गर्भपतन गराएसँगै हिरासतमा पुगे चितवन तथ्यांकका हाकिम

  •  गोरखा समाचार
  • सोमबार, भदौ १८, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चितवन । जिल्ला तथ्यांक कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारीले एक कार्यालय सहयोगीलाई तीन वर्षयता यौन शोषण गरेको खुलेको छ । गत वैशाख १२ देखि नै महिनावारी रोकिएको र चार महिना नाघेको गर्भ पतन गराउँदा ३५ वर्षकी कार्यालय सहयोगीको ज्यान जोखिममा परेपछि यो घटना बाहिर आएको हो ।

    कार्यालयमा कार्यरत आमा प्यारालाइसिस भएपछि उनी तीन वर्षयता सहयोगीको रूपमा काम गरिरहेको थिइन् । गर्भ बसेको चार महिना भएपछि ‘नचिनेको क्लिनिकमा गएर गर्भपतन गर’ भनेर दबाब दिँदा १४ हप्तामाथिको गर्भपतनको अनुमतिसमेत नभएको प्रगति पोलिक्लिनिक भरतपुरमा उनी गएकी थिइन् ।

    चितवनमा भरतपुर अस्पतालबाहेक अरु अस्पताललाई १४ हप्तामाथिको गर्भपतन गराउने अनुमति छैन । प्रगति पोलिक्लिनिकले पनि गर्भपतन गराउन सूचीकृतको लागि आवेदन दिएपनि स्वीकृत भए/नभएको जानकारी नआएको जिल्ला स्वास्थ्य कार्यालय चितवनकी फोकल पर्सन नन्दकली चापागाईँले बताइन् । अनुमति पाएपनि १४ हप्तामाथिको गर्भपतन गराउन भरतपुर अस्पतालमात्रै सूचीकृत छ ।

    भरतपुरको अस्पताल रोडमा रहेको क्लिनिकमा गत मंगलबार भदौ १२ गते गर्भपतनको लागि पुगेकी थिइन् । उनलाई औषधि खुवाएर गर्भपतन गराउँदा अत्यधिक रक्तश्राव भएपछि भदौ १३ गते राति भरतपुर अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो ।

    अस्पतालकी ओसीएमसी शाखाकी नर्स कल्पना खनालले भदौ १३ गते राति अत्यधिक रक्तश्राव भएपछि क्लिनिकका डाक्टर आफैंले अस्पतालको आईसीयूमा ल्याएर भर्ना गरिदिएको बताइन् । उनका अनुसार गर्भ राम्रोसँग नगएकोले अस्पतालमा लगेर महिलाको पाठेघर पुन: सफाइ समेत गर्नुपरेको थियो ।

    तर, उनलाई तीन दिनसम्म पनि भेट्न आफ्नो मान्छे नगएपछि अस्पतालमा कार्यरत डाक्टर तथा नर्सले नै सोधपुछ गर्दा यौन शोषणपछिको घटना भन्ने थाहा पाएको नर्स खनालले जानकारी दिइन् । हाल उनी भरतपुर अस्पतालमा नै उपचाररत छिन् । उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । नेपाल प्रेससँगको कुराकानीमा उनले आफूलाई तीन वर्षयता पटक-पटक यौन सम्पर्कको लागि दबाब दिने गरेको बताइन् ।

    उनले भनिन्, ‘म अफिसको तल बस्थेँ, त्यही घरको बीच तलामा कार्यालय थियो, कार्यालयको माथिल्लो भागमा हाकिम सर बस्नुहुन्थ्यो । उहाँले हाकिमले भनेपछि जतिबेला पनि आउनुपर्छ भनेर दबाब दिनुहुन्थ्यो त्यहि भएर म बोल्न सक्थिनँ ।’

    उनलाई अहिले अस्पतालको अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) ले हेरचाह गरिरहेको छ ।

    उनी विवाहित भएपनि विवाह पछि श्रीमान्‌सँग सम्बन्ध राम्रो नभएपछि एक्लै बस्दै आएकी थिइन् । उनको माइतीमा बुबा र सौतेनी आमा छन् भने आफ्नो आमा प्यारलाइसिसका कारण थला परेकोले अरुको सहायता लिनुपर्ने अवस्थामा रहेको बताइन् ।

    प्रमुख भण्डारीलाई हिरासतमा लिएर आइतबार जबरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवन स्रोतले जानकारी दिएको छ । ४४ वर्षका भण्डारीको स्थायी घर पूर्वी नवलपुरस्थित सुनवल नगरपालिका-१२ हो ।

    प्रमुख भण्डारी ०७२ सालमा जिल्ला तथ्यांक कार्यालय गाेरखामा कार्यरत थिए ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    सोमबार, भदौ १८, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.