काठमाण्डौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषले आत्महत्या गरेका छन् ।
विरामी आफन्त भेट्नभन्दै अस्पताल छिरेका ती पुरुषले सर्जिकल भवनको छैटौं तलाबाट हाम फालेको अस्पतला स्रोतले जानकारी दिएको हो ।
अन्दाजी ४० वर्षका ति पुरुषको पहिचान खुलन सकेको छैन । अहिले उनको शव बेवारिसे अवस्थामा रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।


