काठमाण्डौं । मलेसियामा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलमा कतारले नेपाललाई ७५ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन मात्रै बनाएको हो ।
कतारका लागि साची धडवालले सर्वाधिक २१ रन बनाइन् । एलिना खान १५ रनमा आउट भइन् । एन्जिलेने मारे १४ रनमा नट आउट रहिन् ।
नेपालकी इन्दू बर्माले उत्कृष्ट बलिङ गरिन् । इन्दुले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् ।
नेपालका लागिपूजा महतो र कविता जोशीले थप १-१ विकेट लिए ।




















