×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

चिलीमा ४२ वर्षपछि आमा छोराको भेट

  •  गोरखा समाचार
  • शनिबार, भदौ १६, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । जन्म दिने बित्तिकै चोरी भएको छोरा र आमा बिच ४२ बर्ष पछी भेट भएको समाचार बाहिरीएको छ । चिलीकी मारियाले अस्पतालमा आफ्नो छोराको जन्म दिनासाथ अस्पतालकै कर्मचारीले चोरका आमा छोरा बिच ४२ बर्ष पछी भेट भएको हो ।

    दक्षिण अमेरिकी देश चिलीको भाल्डिभियामा भएको यो घटनाले अहिले विश्वभर समाचार छाएको छ । चोरी भएका छोरा जिमी लेपर्ट थेडनले ४२ वर्षको उमेरमा आफ्नी आमा मारियासँग हालै भेट गरेको फोटो समते सार्वजनिक भएको छ ।

    त्यो मार्मिक क्षणपछि उनले आफ्नी आमालाई ४२ वर्षको भरपाई हुनेगरी अँगालो हाले तस्बिरमा सहजै देख्न सकिन्छ ।

    छोरा जिमीले ४२ बर्ष पछि गत अप्रिलमा आफ्नो परिवारको खोजी गर्ने अभियान सुरु गरेका थिए । उनले एउटा गैरसरकारी संस्थाको बारेमा पढेका थिए जसले धर्मसन्तानको रुपमा रहेका बच्चाहरुलाई उनीहरुका वास्तविक बुवाआमा तथा परिवारसँग भेटाउने काम गर्दथ्यो ।

    उक्त संस्थाले चिलीको राजधानी सेन्टियागोस्थित एक अस्पतालमा जिमी गर्भको समय नपुग्दै जन्मिएको पत्ता लगायो । उनलाई इन्कुबेटरमा राखियो र आमालाई अस्पतालबाट घर जान भनियो । जब उनी पुनः अस्पताल आएर आफ्नो छोरा खोजिन् तब अस्पतालले शिशुको मृत्यु भएको र शवको पनि अन्त्येष्टि भैसकेको जवाफ दिएको थियो ।

    जिमीले अमेरिकाबाट एपीलाई दिएको अन्तरवार्तामा भनेका छन्, ‘मसँग मलाई धर्मसन्तान बनाएर लगिएको कागज छ जसमा मेरो कोही पनि आफन्त जीवित नरहेको उल्लेख छ । मलाई केही महिनाअघि मात्रै थाहा भयो कि मेरी आमा हुनुहुन्छ र चारवटा भाइबहिनी छन् ।’

    जिमीले वकालत पेसा गर्दै आएका छन् र आफूजस्तै अनाथ बालबालिकालाई सहयोग गर्दछन् । जिमीलाई उनकी आमासँग भेटाइदिएको चिलीको सो गैरसरकारी संस्थाका अनुसार सन् १९७० तथा १९८० को दशकमा दशौं हजार बच्चाहरुलाई उनीहरुका परिवारबाट छुट्ट्याइएको थियो ।

    चिलीको प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा संस्थाले यस्तो ठहर गरेको छ । सो रिपोर्टमा देश छाडेर गएका तर कहिल्यै नफर्किएका बच्चाहरुको कागजपत्र तथा पासपोर्टको समीक्षा गरिएको छ ।

    सो गैरसरकारी संस्थाका संस्थापक तथा निर्देशक भन्छन्, ‘वास्तविकता के हो भने ती बच्चाहरु गरिब परिवार तथा गरिब महिलाहरुबाट चोरिएका थिए जसलाई केही पनि थाहा थिएन । उनीहरु आफ्नो बचावट कसरी गर्ने भन्ने कुरा पनि जान्दैनथे ।’

    उनका अनुसार पछिल्लो ९ वर्षमा संस्थाले ४५० भन्दा धेरै त्यस्ता धर्मसन्तानलाई उनीहरुका वास्तविक परिवारसँग भेट गराइदिएको छ ।

    जिमीको डिएनए परीक्षण गर्दा उनी शतप्रतिशत रुपमा चिलीको बच्चा रहेको पुष्टि भयो । उनका भतिज नाता पर्ने एकजना युवकले पनि MyHeritage प्लाटर्फमको प्रयोग गर्दथे । दुवै जनाको डीएनए मिल्न पुग्यो । त्यसपछि उनले ती युवकलाई आफ्नो धर्म सन्तानवाला कागजपत्र पठाइदिए । जसमा उनलाई जन्म दिन आमाको घरको ठेगाना थियो । साथै आमाको नाम मारिया पनि लेखिएको थियो । ती युवकले आफ्नी आमाको आफन्त पर्ने एकजना महिलाको नाम पनि मारिया रहेको बताए । तर मारियाको फोन उठिरहेको थिएन । त्यसपछि जिमीले आफ्नी पत्नी र छोरीको तस्वीर पनि उनलाई पठाए । अन्ततः उनले आफ्नी आमा चिलीमा रहेको पत्ता लगाए ।

    त्यसपछि उनी आफ्नी पत्नी जोन्नाह र दुई छोरीलाई लिएर चिली गए । अनि उनी आफ्नी आमाको घरमा पुगे । आमाको घरमा छिर्दा बित्तिकै उनले आमालाई ४२ वटा रङ्गीबिरङ्गी बेलुन दिए र ती सबैलाई एक एक गरी फोडे । आमासँग बिछोडिएका ४२औं वर्षको प्रतिक थियो त्यो।

    छोरालाई देख्ने बित्तिकै आमाले भनिन्, ‘छोरा तिमीलाई थाहा छैन मैले तिम्रा लागि कति महासागर भरेर आँसु बगाएँ । मैले कति रात जागेर भगवान सँग प्रार्थना गरें कि तिमी कहाँ छौं भन्ने कुरा थाहा नपाउन्जेल म नमरुँ भनेर ।’

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, भदौ १६, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.