साँकेतिक तस्बिर
बझाङ । बझाङमा जङ्गली च्याउ खाएका २ जना बालबालिकाको ज्यान गएको छ । जङ्गली च्याउ खाँदा जयपृथ्वी नगरपालिका–६ नौराका ७ वर्षिया सञ्जिला कठायत र १२ वर्षिय सुदीप कठायतको ज्यान गएको हो ।
च्याउ खाएर आमा पुनी कठायत र २ जना बालबालिका बिरामी परेपछि उपचारका लागि उनीहरुलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।
सामान्य उपचार पछि थप उपचारका लागि बालिका सञ्जिलालाई डडेल्धुरा लैजादै गदा बाटोमै ज्यान गएको बझाङ प्रहरीले जानकारी दिएको छ । अर्का बिरामी सुदीपलाई धनगढी लैजाने उनको पनि बाटोमा मृत्यु भएको थियो ।
च्याउ खाएका आमा पुनी कठायतको भने उपचार जारी छ ।




















