साँकेतिक तस्बिर
काठमाण्डौं । हालै तस्करी भएको ६० किलो सुन प्रकरणमा आरोपित किशोर बस्नेत पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुन तस्करी प्रकरणका नाम आएका उनलाई भारतबाट पक्राउ गरिएको हो ।
अरु पक्राउ परेपछि भारत भागेका बस्नेतलाई सीआईबीले भारतबाटै पक्राउ गरेको छ । राजश्व अनुसन्धान विभागले सुन बरामद गर्नासाथ बस्नेत खोजिको सूचिमा थिए ।
यसअघि सीआईबीले भन्सारका कर्मचारी गणेश पौडेललाई पनि पक्राउ गरेको थियो । यो प्रकरणमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ । त्यसमध्ये ७ जना चिनियाँ नागरिक छन् ।


