साँकेतिक तस्बिर
पोखरा । पोखरा सभागृह चोकस्थित सडकमा ट्रकले ठक्कर दिँदा तनहुँकी १ जना महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा तनहुँ घर भएकी २० बर्षिया महिला बर्षाा कुमाल भएको प्रहरी पुष्टी गरेको हो ।
प्रहरीले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका–८ सभागृह चोकस्थित सडकमा ग. २२ प ७९५१ नम्बरको स्कुटरलाई बागमती प्रदेश ०३–००१ क ००२१३ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालक वर्षा गम्भीर घाइते भएकी थिइन ।
घाईते बर्षाको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र अनुसन्धान सुरु गरीएको प्रहरीले जनाएको छ ।


