फाईल तस्बिर
काठमाण्डौं । सन्दिप लामिछानेको आज हुने भएको बलात्कार बिरुद्वको मुद्वा नहुने भए पछि एसिया कप–२०२३ का लागि नेपाली राष्ट्रिय क्रिकेटर खेल्न भोलि बिहान पाकिस्तान जाने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दूर्गाराज पाठकले सन्दीप सोमबार बिहान ११ बजे पाकिस्तान उड्ने तालिका रहेको जानकारी दिए ।
सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि सन्दीपको पाकिस्तान जाने बाटो खुलेको हो । सन्दीपको आगामी पेसी भदौ २१ गतेका लागि तोकिएको छ ।
एसिया कपका लागि गत मंगलबार नेपाली टिम पाकिस्तान गए पनि सन्दीप भने गएका थिएनन् । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले पाकिस्तानसँग भदौ १३ गते र भारतसँग भदौ १८ गते खेल्ने तालिका छ ।




















