काठमाण्डौं । सरकारी जग्गा ललिता निवास परिसर हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा २९० जनाविरुद्ध जिल्ला अदालत काठमाण्डौंमा मुद्दा दायर भएको छ । दायर गरेको मुद्वामा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत ४ पूर्वमन्त्री, ६ पूर्व सचिव सहित रहेका छन् ।
दायर भएका सबै बिरुद्व किर्तेमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अभियोजन गर्ने निर्णय गरी अदालत गएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २८६ जनाविरुद्ध किर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएको थियो । तर सरकारी वकिलले किर्तेमा मात्र मुद्दा चलाएको हो ।


