फाईल तस्बिर
काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजबाट फैसलाको बहस सुरु हुने भएको छ ।
सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाण्डौं जिल्ला अदालतमा विचाराधीन छ । मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ । अदालतले आइतबारका लागि पुनः अन्तिम पेशी तोकेको हो ।
यसअघि साउन ३२ गते न्यायाधीश राजुकुमार खतिवडाको इजलासले गौशाला २६ की आमाको जन्म मिति प्रमाणीकरण गर्न आदेश दिएको थियो ।
१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाण्डौंको एक होटलमा लगेर बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
सन्दिपले सफाइ पाएको अवस्था वा मुद्दाको टुङ्गो नलागेमा आइतबार राति नै एसिया कप खेल्न पाकिस्तान जाने छन् ।


