झापा । अर्जुनधारा नगरपालिका–९ मा आज श्रीमतीलाई करेन्ट लागेर बचाउन जादा श्रीमानको ज्यान गएको छ । ज्यान जानेमा अमृत रेग्मी भएको झापा प्रहरीले पुष्टी गरेको हो ।
आफ्नै घरमा कुटी काट्ने मेसिनबाट श्रीमती २२ वर्षीया ममता रेग्मीलाई करेन्ट लागेको अवस्थामा छुटाउन जाँदा दुवै जना गम्भीर घाइते भएका थिए । घाईते दुवै जनालाई उपचारको लागि शंकर अस्पतालतर्फ लैजाने क्रममा अमृतको बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घाईते ममतालाई थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ ।


