बारा । बारामा अहिले बिहान भएको बस दुर्घटनामा परी ज्यान गुमाउने संख्या ७ पुगेको छ । दुर्घटनामा १ जना नेपाली र ६ जना भारतीय भएको पुष्टी भएको छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा महोत्तरीको लोहारपटी नगरपालिका–५ का ४१ वर्षीय विजय लाल पण्डित, भारतको राजस्थानका ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ६७ वर्षीया बैजन्ती देवी र ६५ वर्षीया मिरा देबी रहेको बाराका प्रहरी नायब उपरिक्षक दलिराम न्यौपानेले जानकारी दिए ।
२६ जना तिर्थालु बोकेको मधेश प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस आज बिहान २ः३० बजे जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित पूर्वपश्चिम राजमार्गको चुरीयामाई मन्दीर नजिकै सडक खण्डमा दुर्घटनामा परेको थियो । बस सडकबाट १५ मिटर तल खसेको छ ।
दुर्टनामा १७ जना घाइते छन् । तीमध्ये ३ जना नेपाली रहेको प्रनाउ न्यौपानेले जानकारी दिए ।
घाईते मध्ये भारत राजस्थानका अन्दाजी ४८ वर्षीय घनश्याम चतुरबेदी, ५३ वर्षीया माया देबी, ३५ वर्षीय अनिल कुमार, ५० वर्षीय तारावती चतुरबेदी, ४८ वर्षीय श्यामलाल माली, उनकी नातिनी ९ वर्षीया क्रितिका चतुरवेदी, ४७ वर्षीय हरवारी माली, ७० वर्षी चौथी देबी, ७२ वर्षीय सुरेस चन्द्र चक्रवती, ७३ वर्षीय राम प्रसाद, ६३ वर्षीय धरम सिंह, ६० वर्षीया ईन्दु धाकद, १६ वर्षीया गर्बिदा चतुरबेदी र ५४ वर्षीय राम कुमार चतुरबेदी घाइते बारा प्रहरीले जनाएको छ ।
घाइते नेपाली नागरिकहरुमा महोत्तरी जलेश्वर नगरपालिकाका ३८ वर्षीय बिहारी मुखीया, धनुषाको मौवा गाउँपालिका–१८ जनकपुरका ४१वर्षीय घुरन मण्डल, महोत्तरीको लोहारपति नगरपालिका–५ का २६ वर्षीय जसबेन्दर पासवान छन् ।
बस दुर्घटनापछि फरार रहेका चालक र सहचालकलाई प्रहरीले धनुषाबाट नियन्त्रणमा लिएर छ ।


