मुग्लिन । मुग्लिन–नारायणगढ सडक खण्डको नाम्सीपुलमा सोमबार साँझ खसेको पहिरो पन्छाउने काम सकिएको छ । पहिराे पन्छाए संगै अहिले दुईतर्फी रुपमा सवारी साधन चल्न थालेकाे छ ।
सडकको करिब ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो गएराति १० देखिनै पन्छाउन थालिएको थियो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार केही समय अगाडी मात्र पहिराे पन्छाउने काम सकिएकाेले अहिले सडक सुचारु गरिएको छ ।
सोमबार राति ८ बजे खसेको पहिरो पन्छाउन ४ वटा मेसिनले प्रयाेग गरिएकाे थियाे । पत्रकार बिनाेद श्रेष्ठका अनुसार दिउसाे १ बजेदेखी सडकमा सवारी चल्न सुरु भएकाे थियाे । सडक जाम नहाेस भन्नाका कारण अहिले पालैपालाे गरेर विभिन्न स्थानमा राेकिएका सवारीहरुलाई जान दिइएकाे छ ।
तस्बिर बिनाेद श्रेष्ठ/मुग्लिङ


